राजनीति

नीति तथा कार्यक्रम ‘ज्यान भएको, प्राण नभएको’ : सचिव भट्टराई



काठमाडौँ, ५ जेठ । नेकपा (एमाले)का सचिव, सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई ज्यान भएको, प्राण नभएको टिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रम सकेर बाहिरिने क्रममा एमाले सचिवसमेत रहेका भट्टराईले नीति तथा कार्यक्रमले वर्तमानका समस्या सम्बोधन गर्ने ठोस आधार समात्न नसकेको बताए ।