अर्थ

सार्वजनिक खर्चमा मितव्ययिता अपनाइने



काठमाडौँ, ६ जेठ । सरकारले अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय पूर्वाधार निर्माणलगायतलाई जोड दिइएको छ ।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने घोषणा गरेको छ । सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुनेगरी उपयोग गरिने कार्यक्रममा उल्लेख छ । अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरव, रूपान्तरणकारी र उच्च प्राथमिकतायुक्त आयोजनाको सञ्जालमा केन्द्रित गर्ने राष्ट्रपति पौडेलले बताए ।

राजस्व चुहावट रोकी खर्चमा मितव्ययिता अपनाइनुका साथै आर्थिक गतिविधि अघि बढाउने सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । साथै भ्रष्टाचार नियन्त्रण गरी अनुसन्धानको दायरामा ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । यो समाचार आजको राजधानी दैनीकमा छ ।