Banner News

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै



काठमाडौँ, ७ जेठ । सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ ।

जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । बैठकमा शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्न कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन् ।

यसैगरी, राष्ट्रियसभाका सांसदहरूले भने जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ ।