राजनीति

अर्थतन्त्र डिलमा पुग्नुको एउटै कारण गठबन्धनको सरकार बन्नु हो : अध्यक्ष ओली



काठमाडौँ, ७ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डिलमा पुग्नुको कारण नै अहिलेको नेकपा माओवादी केन्द्र र कांग्रेससहितको गठबन्धन सरकार रहेको आरोप लगाएका छन् ।

आज संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो बिचार राख्दै अध्यक्ष ओलीले सरकारलाई राम्रै गरिरहेका छौं भन्ने लागेपनि आफुहरुले त्यसलाई समर्थन गर्न नसक्ने बताए ।

उनले भने, ‘नेकपा एमाललेसहितको सरकार ढालेर नेकपा माओवादी केन्द्र र काँग्रेसको गठबन्धन सरकार बन्नुनै अहिलेको अर्थतन्त्र डिलमा पुग्नु एउटै कारण हो’ ‘अर्थतन्त्रका सबैजसो सूचकहरु खराब देखिएको छ त हामी कसरी सरकारको समर्थन गर्न सकौं र राम्रो गरेको छ भनेर तारिफ गरौं ?’