राजनीति

श्रमजीवी पत्रकारले उचित पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक छ : मन्त्री शर्मा



काठमाडौँ, ७ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरुले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छन् ।

आज न्युनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री शर्माले अहिलेको परिस्थितिअनुसार कसैको पनि सेवा, सुविधा पुग्ने किसिमको नरहेको बताइन् ।

मन्त्री भनिन्, ‘अहिलेको परिस्थिति अनुसार कसैको पनि सेवा, सुविधा पुग्ने खालको छैन । अन्यत्र क्षेत्रमा तलब वृद्धि हुँदा पनि श्रमजीवि पत्रकारलाई दिने गरिएको न्युनतम पारिश्रमिक बाँच्न गाह्रो हुने खालको छ भन्ने छ, यसमा हामी हेर्नेछौँ, ‘हामीले नीति तथा कार्यक्रममा पनि समानुपातिक विज्ञापनको कुरा गरेका छौँ, त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नेकुरा एक ठाउँमा छ ।’