राजनीति

गणतन्त्रपछिको उपलब्धिहरुको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक : मन्त्री शर्मा



काठमाडौँ, १४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन् ।

उनले भनिन्, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पु¥याउनै सकेका छैनौँ । संविधानमा, कानुनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन । हाम्रो कानुनले, हामीले गरेको व्यवस्थाले १८ वर्ष मुनिका महिलाहरूसँग राखिने शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानुनले चिन्छ । तर भटाभट युवाहरू बलात्कारको मुद्दामा परिरहेका छन् । जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान् ? अन्जानमा गल्ती गर्ने कति होलान् ? ठूलो संख्या नजानेरै गल्ती गर्नेमा छन् जस्तो लाग्छ । यस्ता कुरा हामीले जनतामाझ लैजान सकेका छैनौँ , पैतृक सम्पतीको समानताको कुरा गरेका छौँ, कयौँ ठाउँमा त्यो कुरा थाहा नै छैन । कतिपय कुरा थाहा भएपनि हाम्रो उस्तो जबज्स्त पितृसत्तात्मक समाज छ की माईती वा सम्पती रोज भन्ने स्थितिमा पु¥याइएको छ । उनीहरुलाई कसरी सजग बनाउने भन्नेजस्ता कार्यक्रम चलाउन जरुरी छ । हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छ ? गणतन्त्र दिवस मनाउनु र राजाको जन्मोत्सव दिवस मनाउनु एकै हो ? होइन । गणतन्त्रपछिको उपलब्धिहरुको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ ।’