राजनीति

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



फाइल फोटो
काठमाडौँ, १४ जेठ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।

आइतबार बसेकोको मन्त्रिपरिषद् बैठकको निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक निर्णयहरु:

१. मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता दुलाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

२. बैठकले क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

३. बैठकले सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

४. बैठकले गणतन्त्र दिवसका सन्दर्भममा केही कैदीको बाँकी सजाय र केही कैदीको आममाफी दिने निर्णय गरेको छ । त्यसमा विशेषगरी रेशम चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।