Banner News

संसदीय सुनुवाइ विशेष समिति गठन



काठमाडौँ, १४ जेठ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ ।

राजनीतिक दलहरुले प्रतिनिधिसभाबाट समितिमा रहने सदस्यहरुको नाम उपलब्ध गराएसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा प्रस्ताव गरेका नाम सभाले अनुमाेदन गरेकाे हाे ।

१५ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीसहित चार जना रहेका छन् । त्यस्तै एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम समितिमा रहने भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त नाम प्रस्ताव गरेसँगै सभाले अनुमोदन गरेको हो ।