समाचार

टुँडिखेलमा मनाइयो १६औँ गणतन्त्र दिवस



काठमाडौँ, १५ जेठ । १६औँ गणतन्त्र दिवस मनाइएको छ । आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहबीच गणतन्त्र दिवस मनाइएको हो ।

राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समारोहमा सम्बोधन गरे ।

समारोहमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभाका सभमुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो ।