समाचार

आजको मौसम



काठमाडौँ, १६ जेठ । पश्चिमी निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराईका थोरै भू–भागमा आंशिक बदली रहेको छ । पहाडी भू–भागहरूमा पनि आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।