समाचार

जिपले च्यापिएर एक महिलाको मृत्यु



रोल्पा, १६ जेठ । रोल्पामा सोमबार बेलुका जिपले च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी जिल्लाको परिवर्तन गाउँपालिका – २ राङ्सीकी ५८ वर्षीया खुबु डाँगीको उपचारका क्रममा प्राथमिक स्वास्थ्य चौकी होलेरीमा बेलुकी पाँच बजेतिर मृत्यु भएको हो।

जिल्ला प्रहरीका अनुसार लु १ ज ३०२५ नम्बरको भाडाको जिप सहिद मार्ग अन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका– २ भांगोबारीमा दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार जिपमा तेल सकिएपछि रोकिएको थियो । तेल भरेर स्टार्ट गरी यात्रु चढाउने क्रममा टायरमा राखेको आड नाघेर जिप पछाडि गुडेको थियो। त्यस क्रममा यात्रुले हाम फालेपछि दुई जना च्यापिन पुगेका थिए ।