राजनीति

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् ।

उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठक यही जेठ १९ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरुको कार्याविभाजन र आगामी कार्यक्रमहरुको कार्ययोजना तयार गर्ने भएको छ ।