Banner News

राष्ट्रपति पौडेलद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त



काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।

आज फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका निर्मलजराज काफ्लेलई अर्जेन्टिना, रुसका मिलनराज तुलाधर बेलारुस, डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।