समाचार

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ४ जना डिस्चार्ज



काठमाडौँ, १८ जेठ । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ३७० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार ४ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९१ हजार ६७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।