राजनीति

नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न सकिँदैन : महामन्त्री थापा



काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी नेतृत्वले गरेको गलत निर्णयको भारी बोक्न नसक्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टीको आधारभूत मान्यतासँग बाँझिने गरी पार्टी सभापतिले एकलौटी रूपमा निर्णय गर्दै आएको भन्दै अब एकलौटी निर्णयलाई नमान्ने बताएका हुन् ।

उनले रेशम चौधरीलाई आममाफी दिने, नागरिकताको विषय, प्रदेश सरकारको विषय, सांसद विकास कोष लगायतका गम्भीर निर्णयहरू सभापतिले एक्लै गरेको भन्दै कांग्रेसका अन्य नेता तथा कार्यकर्ताले सञ्चारमाध्यमबाट थाहा पाउने अवस्था आएको जिकिर गरे ।