Banner News

प्रधानमन्त्री प्रचण्डद्वारा सीमा समस्या समाधानका लागि नयाँ विकल्प



काठमाडौँ, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि नयाँ विकल्प सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीचको सीमा समस्या सम्पूर्ण रूपमा समाधान गरिने बताएको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प सुझाएका छन् ।

शुक्रबार नयाँ दिल्लीमा सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विभिन्न विकल्पबारे सोच्ने काम भइरहेको बताए । लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायतका सीमावर्ती क्षेत्रलाई लिएर नेपाल–भारतका बीचमा सीमा समस्या रहेको छ । नेपालले ती समस्याको दीर्घकालीन समाधान गर्दै बंगलादेशसँग सिधा सडक मार्ग व्यवस्थापन गर्न सकिने प्रचण्डको भनाइ छ ।

‘बंगलादेशसँग सिधा जाने बाटो हामीलाई चाहिएको छ भन्ने नेपालमा उहिले देखिको उठिरहेको आवाज पनि हो, हामीलाई चाहिएको कुरा पनि हो । आवश्यकता पनि हो, चाहना पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।