राजनीति

रास्वपा सांसद साहले मागे परराष्ट्रमन्त्रीको राजीनामा



काठमाडौ २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले परराष्ट्रमन्त्री एनपी साउद राजीनामा गरेका छन् ।
भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै मन्त्री साउदले अखण्ड भारत बारे जानकारी नभएको अभिव्यक्ति दिएपछि संसदबाट राजीनामा मागिएको हो ।
उनले भने, ‘परराष्ट्रमन्त्रीले आजतकमा एउटा अन्तर्वार्ता दिनुभयो । रिपोर्टरले कपिलवस्तु, लुम्बिनी अखण्ड भारतमा समेटेको विषयमा तपाईको देशमा विवाद भएको, प्रतिपक्षी दलले यो कुरा उठाउँदैछ भनेर बारम्बार प्रश्न गर्दा मेरो सरकारलाई जानकारी छैन भनेर उहाँले बारम्बार भन्नुभयो । हाम्रो देशको अखण्डतामा, सार्वभौमिकतामा आँच पुर्‍याउँदा पनि जानकारी छैन भनेर उत्तर दिइन्छ भने यस्तो पराराष्ट्रमन्त्रीले राजीनामा दिएर हिँडे हुन्छ ।