राजनीति

जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण



काठमाडौँ, २२ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा ध्यानाकर्षण गराइएको छ ।

आज उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित कार्यालयमा आमन्त्रण गरेर आयोगले सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर व्यवस्था गरेको विषयमा ध्यानाकर्षण गराएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमा खर्च कटौती गरी मितव्ययिता अपनाउने भन्दै जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासनको इकाई राख्ने व्यवस्था गरेको छ ।