समाचार

क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौँ, ३० जेठ । काठमाडौँको बल्खुमा आज क्रेनको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सानेपाबाट कलंकीतर्फ जाँदै गरेको लु १ क ३९८५ नम्बरको सामान उठाउने हाइड्रोलिक क्रेनले बाटो पार गर्दै गरेकी अन्दाजी ४० वर्षीया महिलालाई आज बिहान सवा १० बजे ठक्कर दिएको थियो ।

घाइते महिलाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । क्रेन चालकलाई प्रहरी वृत कालीमाटीले नियन्त्रणमा लिएको जनाइएको छ ।