Banner News

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौँ, ३१ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मुटु जाँचका लागि मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका उनी आज बिहान डिस्चार्ज भएका हुन् । अस्पतालले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको पनि जनाएको छ ।