समाचार

टिपरको ठक्करबाट एकजनाको मृत्यु



काठमाडौँ, ३१ जेठ । काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार राति करिब ९ बजे बा५ख ३४३७ नम्बरको टिपरले वाग्मती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा मोटरसाइकलमा पछाडि सवार काठमाडौंकै कोटेश्वरमा बस्दै आएका दोलखाको शैलुङ गाउँपालिका–२ का अन्दाजी ३० वर्षीय झनक थापामगरको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक काठमाडौँको मालीगाउँमा बस्दै आएका ४० वर्षीय कुमार थापामगरको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ती दुवै सवारीसाधन र टिपरचालक प्रहरी वृत्त नयाँ बानेश्वरको नियन्त्रणमा छ ।