राजनीति

खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी



काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् ।

देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवा स्वदेश नफर्कुन्जेलसम्मका लागि खड्कालाई कार्यवाहक सभापति तोकिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।