राजनीति

अस्थिरता र अराजकता गम्भीर चुनौती : महासचिव पोखरेल



काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’ ‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले) समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले) ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरता तर्फ जानवाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ’, ।