अर्थ

अर्थमन्त्रीद्वारा सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने उद्घोष



काठमाडौँ, ३१ जेठ । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट वक्तव्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो ।

सरकारले गरेको उक्त घोषणाको सुनचाँदी व्यवसायीले चरणबद्ध रूपमा विरोध गर्दै आएका थिए । व्यवसायीले सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटेर सो कर फिर्ता गर्न माग गरेका थिए । त्यस क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताए ।

उनले भने, ‘हामीले हिरा जवहारात, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेका हौँ, यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा यस्तो कर लगाइँदैन,’ । सुनका गरगहना हुने खाने देखि हुँदा खामनेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रस्ट पारे ।