मनोरञ्जन

आदिपुरुषले रिलिजअघि नै कमायो २५० करोड भारु



मुम्बई, ३१ जेठ । निर्देशक ओम राउतको फिल्म आदिपुरुष जुन १६ मा देशव्यापी रिलिज हुँदैछ ।

प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो बजेटको फिल्म हो । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनेको हो ।

फिल्म रिलिज हुनुअघि नै निर्माताले २१० करोड कमाइसकेका छन् । वास्तवमा, फिल्म रिलिज हुनु अघि, फिल्मको ओटीटी र टिभी अधिकारको लागि ठूलो सम्झौता गरिएको छ । फिल्म ट्रेड एनालिस्ट रमेश बालाका अनुसार तेलंगाना र आन्ध्र प्रदेशमा फिल्मको अधिकार करिब १५० करोड भारुमा गरिएको छ । योसँगै हिन्दी बेल्टमा १२० करोडमा राइट्स बिक्री भएको छ, यस्तो अवस्थामा फिल्मले रिलिजअघि नै २१० करोड कमाइसकेको छ ।

आदिपुरुषले सप्ताहन्तमा राष्ट्रिय चेनमा ३५ हजार टिकट बिक्री गरेको छ । पिविआर र आइनेक्सले क्रमशः ८८ हजार र ६१ हजार टिकट बिक्री गरेर अग्रस्थानमा रहेको छ भने सिनेपोलिसले ३५ हजार टिकट बेचेका छन् ।