समाचार

यसरी १ दिन ढिला मनसुन भित्रियो



काठमाडौ ३१ जेठ । यस वर्षको मनसुन प्रणाली भित्रिएको छ । आज नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू(भाग र गण्डकी प्रदेशका पुर्वी भू(भागमा आगमन भएको । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू(भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ।