समाचार

करेन्ट लागेर दुईजनाको मृत्यु



काठमाडौँ, ३२ जेठ । मकवानपुरमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जिल्लाको बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार दिउँसो स्थानीय जितबहादुर बम्जनको मकै बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउन खाडल खन्ने क्रममा खन्तीले तारलाई छुँदा स्थानीय खर्कबहादुर र पूर्णबहादुर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।