समाचार

बसको ठक्करबाट एक जनाको मृत्यु



गोरखा, ३२ जेठ । जिल्लाको ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार सिरानचोक गाऊँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधवार हिजाे बेलुका ग १ ख ६४६५ नम्बरकाे बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै मृत्यु भएकाे हाे ।

बसलाई नियन्त्रणमा लिइ र चालकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।