विश्व

रुसी प्रहारबाट ६ युक्रेनीको मृत्यु



एजेन्सी, ३२ जेठ । युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।

रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

आक्रमणबाट धेरै घर, पसल र गोदाममा क्षति पुगेको छ । रुसी सेनाले सो क्षेत्रमा प्रहार गरेका नौवटा क्रुज मिसाइल र ड्रोनलाई भने युक्रेनी सेनाले खसालिएको दिएको छ ।