मनोरञ्जन

‘जय हो’ को फस्टलुक सार्वजनिक



काठमाडौँ, ३२ जेठ । भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को दुई फस्टलुक सार्वजनिक भएको छ । फिल्म प्रचारप्रसारको सुरुवात गर्न निर्माण टिमले बिहीबार दुई पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक दुई पोस्टरमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् । अर्को पोस्टरमा अभिनेता माओत्से गुरुङ र निशा अधिकारीलाई मुस्ताङको स्थानीय गुरुङ पहिरनमा छन्, भने सलोन लामो कपाल र जुंगामा फरक देखिएका छन् ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् । राज के अधिकारी र सुरज सरकारको लगानी रहेको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।