मनोरञ्जन

कलाकार बल्छी ध्रुवेसहित आठजना पक्राउ



काठमाडौँ, ३२ जेठ । वान एक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा काठमाडौँ प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाएको र त्यसको विज्ञापन पनि गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको हो कलाकार बल्छी ध्रुबेसहित आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले बुधबार पनि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरेर १२ जनाको नाममा खाता खोलेर सट्टेबाजको मुख्य एजेन्टकोरूपमा सक्रिय भएको पाइएको हो । सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिएका थिए । उनका अनुसार उनीसहित सट्टेबाजीको एजेन्टकारूपमा सक्रिय रहेका अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउपर्नेमा निज खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने छन् । उनीहरूलाइ बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।