राजनीति

मन्त्रालयमा तार काट्ने मुसा पशुपतिनाथमा छिरेको छ : सांसद आले



काठमाडौँ, ३२ जेठ । प्रतिनिधि सभाका सांसद प्रेम आलेले गएको वर्ष ‘अर्थ मन्त्रलायमा तार काट्ने मुसा योपटक पशुपतिनाथमा छिरेको’ बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, “गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ । पहिलोपटक २०७९ माघ १४ गते तार काटियो,” “परिषद् सदस्यको समितिमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो ।”

तर, तार काट्ने मुसालाई नसमातिएको उनको भनाइ छ । “तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर छानबिन समितिका सदस्य देवी बराललाई समितिबाट हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो,” आले भन्छन् । उनले पशुपतिनाथको घ्याम्पे, दनापेटिका चोरी भएको पनि बताए । सांसद आलेले भने, “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ ।”