Banner News

कृषिमा आत्मनिर्भर बनाउन कर : अर्थमन्त्री महत



काठमाडौँ, ३२ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन् ।

आज सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत संस्थाका किसानसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री डा. महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण र कृषिमा आत्मनिर्भर बनाउन त्यस्ता वस्तुमा कर लगाइएको बताए ।

उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रमलगायत विषयलाई बजेटमा प्राथमिकतामा राखिएको जानकारी दिए । भेटका क्रममा ती संस्थाका प्रतिनिधिले आन्तरिक उत्पादनको संरक्षणका लागि सरकारको कदम स्वागतयोग्य भएको बताएका थिए । उनीहरूले यो क्षेत्रमा देखिएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।