समाचार

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, १ जना डिस्चार्ज



काठमाडौँ, ३२ जेठ । पछिल्लो २४ घण्टामा थप ३ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या ११ लाख ५७ हजार ४१० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ जना डिस्चार्ज भएको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार ३१ जना रहेको मन्त्रालयले जनाएको छ ।