समाचार

पेस्तोल र गोलीसहित एकजना पक्राउ



काठमाडौँ, ३२ जेठ । पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बुधबार राति पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्याग्जिन दुईथान र गोली ११ थानसहित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बानियाँलाई पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बानियाँ काठमाडौंको जय वागेश्वरीस्थित जेनिस अटो रिकन्डिसननजिक सडकमा बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो ।