राजनीति

मोर्चा हुँदै बृहत बाम एकता : पूर्वमन्त्री चौधरी



काठमाडौँ, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका छन् ।

विहिबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टी विच मोर्चा बन्दैछ ।’ ‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ । भ्रष्टाचारका कारण देश बर्बाद भएको छ । तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, शशक्त बनाउने, भ्रष्टाचार जस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ ।’ मोर्चा बन्नुका कारण उनले यसरी खुलाए ।

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रृया भएको बताउँदै पूर्व मन्त्री समेत रहेका चौधरीले मोर्चा जनतामाझ टेष्ट पनि हुने र जनताको सुझाव अनुसार बामपंथी एकता हुँदै अगाडि बढ्ने बताए ।