राजनीति

पूर्वाञ्चल विश्वविद्यालयको परिक्षा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह



काठमाडौँ, ३२ जेठ । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन अफ नेपालले कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालावन्दीका कारण विद्यार्थीको भाग्य र भविष्यमाथि गंभिर खेलवाड भएको भन्दै तत्काल परिक्षा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

केही दिन अघि नेविसंघका कार्यकर्ताले विश्वविद्यालयका सेवा आयोगका अध्यक्ष प्रा. डा. महेशराज दाहाललाई कालोमोसो दली अभद्र व्यवहार गरेकोप्रति गंभिर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन अफ नेपालले एक विज्ञप्ती जारी गर्दै अभद्र व्यवहार गर्नेलाई तत्काल कानुनी कारवाहीको माग समेत गरेको छ ।