समाचार

तीन जिल्लामा भोलि सार्वजनिक बिदा



काठमाडौँ, ३२ जेठ । लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

आज आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको हो ।

मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ ।

वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहेपनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रुपमा मनाउने गरिन्छ ।