राजनीति

एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान



काठमाडौँ, ३२ जेठ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक असार १ गते शुक्रबार बिहान ८ बजे बस्ने गरी बोलाइएको हो । उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठकमा समाजवादी मोर्चा गठनबारे जानकारी दिइने छ ।

माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको नेताहरुको भनाई छ ।