राजनीति

प्रस्तावित प्रधानन्यायाधीशसँग आज सांसदहरूको सवाल–जवाफ



काठमाडौँ, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ ।

बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गरेका थिए । आज बिहान ८ बजे बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् । कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ ।