राजनीति

जसपाले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौँ, १ असार । विधान अधिवेशनको तयारी गर्न जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक असार ९ गते बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएका सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने बताइएको छ । जसपाले असार १०, ११ र १२ गते काठमाडौंमा विधान अधिवेशन गर्दै छ ।