समाचार

हत्या गरेको आरोपमा एक जना पक्राउ



स्याङजा, ३ असार । स्याङजाको अर्जुनचौपारी गाउँपालिका–६, सिंउडिबारी बस्ने ९ वर्षीय हर्षित देवकोटालाई हँसिया प्रहार गरी हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका अनुसार सोही ठाउँ बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी)लाई पक्राउ गरेको हो । सुजनले हँसिया प्रहार गरी हर्षितको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले घटना पश्चात फरार रहेका सुजनलाई पुतलीबजार नगरपालिका–१ बाट फेला पारी पक्राउ गरेको बताइएको छ ।