अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ असार । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।