राजनीति

समाजवादी मोर्चा मंगलबार घोषणा हुनसक्छ : प्रवक्ता महरा



काठमाडौँ, ३ असार । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा मङ्गलवार घोषणा गर्ने तयारी गरिएको बताएका छन् ।

एमाले बाहेक कम्युनिस्ट र समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागिएको हो । समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको महराले बताए । उनले मोर्चाको नेतृत्व, साङ्गठनिक संरचना लगायत विषयमा आज र भोलिसम्म टुङ्गो लगाइने बताए ।