राजनीति

भ्रष्टाचार रोक्न प्रधानमन्त्री, मन्त्री र सचिव ठिक ठाउँमा हुनुपर्‍यो : प्रमुख आयुक्त राई



काठमाडौँ, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री, मन्त्री र सचिव ठिक ठाउँमा हुनुपर्ने बताएका छन् ।

आज राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण नहुने भन्दै राज्यका मुख्य निकाय नै सक्षम हुनुपर्नेमा जोड दिए ।

उनले भने–‘भ्रष्टाचार रोकथाम गर्ने हो भने प्रधानमन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, मन्त्री ठिक ठाउँमा हुनुपर्‍यो, सचिवलाई ठिक ठाउँमा राख्नसक्नुपर्यो । सबै ठिक ठाउँमा भए मात्र भ्रष्टाचार नियन्त्रण हुन्छ । अहिले सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार छ । भ्रष्टाचार रोक्न सबैभन्दा पहिलो दायित्व राज्य सञ्चालको हुन्छ ।’