राजनीति

७० प्रतिशत विद्युत् उत्पादन घट्यो : कुलमान घिसिङ



काठमाडौँ, ३ असार । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदयाम (ड्राई सिजन)का कारण ७० प्रतिशतले विद्युत् उत्पादन घटेको बताएका छन् ।

एउटा हाइड्रोबाट सिजनमा तीन हजार किलोवाट विद्युत् उत्पादन हुनेमा अहिले सो घटेर १ हजारको हाराहारीमा झरेको र बजारको डिमान्ड धान्न मुस्किल परेको उनले बताए ।

उनले भने, ‘अहिले दैनिक बजारको माग २ हजार मेगावाटको छ । सन् २०३० सम्ममा यस्तो डिमान्ड ५ हजार मेगावाट पुग्ने अनुमान छ । तर, हिउँदमा यति डिमान्ड पुरा हुँदैन, बाहिरबाट किन्नुपर्ने बाध्यता छ’ ‘५ हजार मेगावाटको डिमान्ड फूलफिल गर्न पनि हामीले अब कम्तीमा १५ हजार मेगावाट उत्पादन क्षमता पु¥याउनुपर्छ ।’