समाचार

जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते



सुर्खेत, ४ असार । सुर्खेतमा आज बिहान हुम्लाको सिमिकोट हुँदै हिल्सा जान लागेको जिप कर्णाली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । । २२२६ प्रदेश ३ नम्बरको उक्त जिप च्याछहरा भीरमा उकालो चढ्दै गर्दा कर्णालीमा खसेको थियो ।

प्रहरी कार्यालय हुम्लाका अनुसार नदीमा खस्दा चालक जनकपुरका राजेश हेम्जोङ लामा गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १३ जना यात्रु थिए । उकालो चढ्दै गर्दा चालकले भने १२ जना यात्रुलाई झारेर उकालोमा गाडी लिने प्रयास गरेका थिए । गाडी कर्णालीमा खस्दा चालक गम्भीर घाइते भएका थिए तर, अहिले उनको मृत्यु बहएको प्रहरीले जनाएको छ ।

चालक जनकपुरका अन्दाजी २५ वर्षीय राजेश हेम्जोङ लामा हुन् ।