समाचार

टिपरको ठक्करबाट एक युवकको मृत्यु



मकवानपुर, १० असार । हेटौँडा उपमहानगरपालिका–२, चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००२ प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट गएको वाग्मती प्रदेश ०३–००१ ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा पछाडि सवार हेटौँडा–१, जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट घाइते कपाडीको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

उक्त स्कुटरका चालक सामान्य घाइते भई हेटौँडा अस्पताल उपचारपश्चात् घर फर्किइसकेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । रासस