राजनीति

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ, ११ असार । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनको छ करोड उनान्चालीस लाख त्रियानब्बे हजार तीन सय बाह्र रुपैँया एकचालीस पैसा सम्पत्ति देखिएकोमा त्यसमा एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा अवैध देखिएकाले सोही रकम बराबरको विगो कायम गरी आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।