राजनीति

कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : शशांक कोइराला



काठमाडौँ, ११ असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको बताएका छन् ।

आज संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए ।

उनले भने, “सम्भवतः नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्यो भन्दाअघि देउवाबाहेक अरु सम्भव लाग्दैन ।”